२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

रसियाली अपार्टमेन्टमा विस्फोट तीनको मृत्यु



रसिया, ७ कात्तिक । रसियाको राजधानी मस्कोबाट करिब १८० किलोमिटर टाढा अवस्थित रयाजन सहरको एक विशाल अपार्टमेन्ट भवनमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका यहाँको आपतकालीन उद्धारका लागि खटाइएका अधिकारीले बताएका छन् ।
विस्फोट स्थानीय समयअनुसार आइतबार दिउँसो ४ः३० बजे भएको थियो ।

भवनमा रहेको ग्यास विस्फोट भएपछि उक्त भवनमा रहेका करिब ६० जना मानिसलाई सुरक्षित उद्धार गरिएको छ ।

विस्फोटका कारण एघारतले भवनका उपल्ला केही तलामा क्षति भएको बताइएको छ । रासस/एपी

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ४ : २८ बजे