काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ६८ पीसीआर परीक्षणमा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टिजेन परीक्षणमा १ सय २४ जना गरी ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ सय ९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३ सय ४० जना छन् । तीमध्ये १४ हजार १ सय ६८ जना होम आइसोलेसनमा र १ हजार १ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय १७ जना आईसीयूम र १ सय १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय २५, कास्कीमा १ सय ९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६÷१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।