कन्टेनरको ठक्करबाट वृद्धको मृत्यु

0 Shares

चितवन, ८ कात्तिक । भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आज बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अन्दाजी ६५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । कट्टु र सट लगाएका मृतक मागेर सडकमा जीवनयापन गर्दै आएका हुनसक्ने प्रहरीको अनुमान छ ।

ठक्कर दिने कन्टेनर भागेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बिहान ५ः३० बजे सो दुर्घटना भएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार