२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

काठमाण्डौमा रक्तदानबारे बृहत उत्प्रेरणा कार्यक्रम हुने



arjurnतुलसी प्रसाद कोईराला
काठमाण्डौ ०८ कार्तिक । रगतको अभावले कुनै विरामीले जीवन गुमाउनु नपरोस भन्ने उद्देश्यले काठमाण्डौमा बृहत रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गरिने भएको छ ।
लायन्स क्लब इन्टरनेशनल, नेपालको आयोजनामा एक लाख जनालाई रक्तदान सम्बन्धी सचेतना दिने गरि कार्यक्रम तय भएको हो ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली समाजसेवी अर्जुन प्रसाद मैनालीको अगुवाईमा उपत्यकाका माध्यमिक विद्यालयका छात्र, छात्रा विच त्यसको १५ दिन भित्र रगतदान जीवनदान बारे निबन्ध प्रतियोगिता संचालन गरिने जनाईएको छ ।
काठमाण्डौ उपत्यकाका माध्यमिक विद्यालयका एक लाख भाइ बहिनीहरुलाई रगत दान बारे जानकारी गराउन सकिएमा आगामी २ बर्ष भित्रमा रगतको अभाव हुन नदिनको लागि उत्पे्ररणा कार्यक्रम गर्न लागिएको समाजसेवी मैनालीले बताए । उनले भने ‘रक्तदानको महत्व विद्यार्थीहरुलाई बुझाउन सकिएमा उपत्यकामा रगतको अभाव टार्न सकिने देखिएकाले विद्यार्थीको विचमा कार्यक्रम राखिएको हो ।’
boldआगामी दुई महिना भित्र संचालन गरिने कार्यक्रममा रक्त दान सम्बन्धी एक लाख २५ हजार पर्चा विद्यार्थीहरु माझ वितरण गर्ने र १५ दिन भित्र ‘रक्तदान जीवन दान’ शिर्षकमा माध्यमिक विद्यालय स्तरीय निवन्ध प्रतियोगिता संचालन गरिने जनाईएको छ । निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई एक लाख नगद पुरस्कार प्रदान गरिने छ । जसमध्ये प्रथम पुरस्कार पचास हजार, द्धितिय ३५ हजार र तृतीय १५ हजार नगदको साथै प्रंशसा पत्र प्रदान गरिने समाजसेवी मैनानीले जानकारी दिए । समग्र कार्यक्रममा पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पाँच लाख रकम मध्ये तिन लाख रकम लायन्स इन्टरनेशनलबाट र दुई लाख समाजसेवी मैनालीले सहयोग गर्ने भएका छन ।
काभ्रेमा जन्म भई अमेरिकालाई कर्मथलो बनाएका समाजसेवी अर्जुन प्रसाद मैनालीले १ सय ५५ पटकमा (एक पटकमा ५०० मिलि लिटर) ७७ लिटर रक्तदान गरिसकेका छन् । उनले दिएको रगतले ४ सय ६५ को ज्यान बचाउन मद्दत पुगेको छ । यसरी नै उनी सबैभन्दा बढी रक्तदान गर्ने नेपालीको रेकर्ड कायम सफल भएका छन् । विश्व रक्तदाता दिवसको अवसर पारी न्युयोर्क सिटिले समेत उनलाई सम्मान गरिसकेको छ । उनले प्रेसिडेन्सिल भोलेन्टर्स अवार्ड स्वर्ण पदक, कंग्रेसम्यान, न्युयोर्क राज्यको एसेम्बलीले रगतदानमा दिएको योगदानको कदर स्वरुप सम्मान समेत पाईसकेका छन । कलेज पढ्दा ब्लड डोनरको पुस्तकबाट प्रेरित भएका मैनालीले पहिलोपटक सन् १९८७ अगस्ट २० मा काठमाडौंको विशालबजारमा रक्तदान गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७३, सोमबार  ६ : १७ बजे