काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्याएको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा नेताहरुले
भने संख्या बढाउन माग गरेका थिए ।