३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

तिहारमा घर जाने यात्रुलाई काठमाडौंका चार स्थानमा कोरोना खोप लगाउन सुरु


१६ कार्तिक २०७८, मंगलबार  

7
Shares

काठमाडौं । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो ।

खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : १५ बजे