काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली २०७३ सालको शुभ अवसरमा नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा देउसी भैलो तथा सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क समितिका अध्यक्ष चन्द्रबहादुर राईले बताए ।
देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमलाई सम्पर्क मञ्च विरामी सहायता कोषमा जम्मा गरिने समेत अध्यक्ष राईले बताए । कोषमा जम्मा भएको व्याजबाट ओखलढुंगा जिल्लाका विरामीहरुलाई आर्थिक सहयोग गर्ने समेत मञ्चको उद्देश्य रहेको अध्यक्ष राईले बताए ।
देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १४ गते लक्ष्मीपूजाको दिन विहान १० बजेबाट मिलन चोक कपन स्थित भिमप्रसाद सुवेदीको घरमा हुने समेत अध्यक्ष राईले बताए । देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको समेत राईले बताए ।
एमाले ओखलढुंगा सम्पर्क मञ्चले देउसी भैलो खेल्ने
0
Shares