२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

सम्पर्क समितिको समन्वयमा सोताङको बिरामीलाई १,५२,५०० आर्थिक सहयोग [भिडियोसहित]



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको समन्वयमा नेपाली कांग्रेस सोलुखुम्बुका नेता गणेष राईको विशेष पहलमा सोताङ गाउँपालिकाका बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।

उपचाररत बिरामी निर्मला नाछिरिङलाई नेता गणेष राईको पहलमा कोरियामा रहेका नेपालीहरुबाट १ लाख ५२ हजार ५ सय रुपीयाँ आर्थिक सहयोग गरिएको हो । नेता राईसँगै वेनीबहादुर बस्नेत, मोहन नाछिरिङ, विकास नाछिरिङ र गौधन गुरुङको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको नेता राईले बताए ।

‘बिरामीले लामो समय उपचार गर्दा भएको सबै रकम सकियो, बिरामी उपचारपछि निको हुँदै गएकाले विदेशी भूमीमा रहनु भएका साथीहरुसँग आर्थिक सहयोग उठाई हामीले सहयोग गरेका हौं’ नेता गणेष राईले भने, ‘हामीले सकेको सहयोग गर्नु नै मानवीय धर्म हो । त्यसैले हामीले आर्थिक अभावमा रहेका बिरामीलाई सहयोग गरेका हौं ।’

यस अघि पनि सम्पर्क समितिकै समन्वयमा सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी आङछिरिङ शेर्पाले बिरामी नाछिरिङलाई ५० हजार रुपीयाँ सहयोग गरेका थिए । बिरामीको जोरपाटीस्थित शेर्पाकै अस्पतालमा केहि सहुलियतमा उपचार समेत गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका संगठन विभाग प्रमुख एवं महाधिवेशन प्रतिनिधी खिलराज बस्नेत, महाधिवेशन प्रतिनिधी विमला गुरुङ, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समिति सभापति गोकर्ण बस्नेत, जिल्ला सदस्य दिप नाछिरिङ, नेपाली कांग्रेस सोताङ काठमाडौं सम्पर्क समिति सभापति लिलाराम बस्नेत, नेता रेवतीजंग बस्नेत, क्षेत्रिय प्रतिनिधी ईश्वर नाछिरिङ, नेता गणेश राई र गंगा गुरुङको उपस्थिति भएको थियो ।

सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले विभिन्न समयमा राजनैतिक सँगसँगै सामाजिक काम पनि गर्दै आएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई न्यूनिकरणका लागि नेपालमा पहिलो र दोस्रो चरणको लकडाउनमा करिब ४ हजार घरपरिवारलाई राहत स्वरुप दैनिक उपभोग्य वस्तुहरु वितरण गरेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/TXU1101bjZY

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : २९ बजे