जिल्ला अदालतमा दोभाषे सेवा

0 Shares

पाल्पा, ९ कात्तिक । पाल्पा जिल्ला अदालतले चार जनालाई दोभाषे नियुक्ति गरेको छ ।

अदालतले नेपाल भाषा, मगर र अङ्ग्रेजी भाषाका दोभाषे नियुक्त गरेपछि नेपाली भाषा बोल्न नसक्नेका लागि सहज भएको छ । दोभाषे नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका महिला तथा बालबालिका आफ्ना समस्या बताउन समस्यामा पर्दै आएका थिए ।

जिल्लामा मगर समुदायको बाहुल्य रहेकाले उनीहरुलाई मगर भाषाको दोभाषे नियुक्त गरेपछि राहत मिलेको अदालतका स्रेस्तेदार सुवर्ण खनाल बताउनुहुन्छ । जिल्लामा मगर र नेपाल भाषा बोल्ने समुदायको बाक्लो बस्ती रहेको छ ।

गत आवमा जिल्ला अदालतबाट १०१ जोडीले सम्बन्धविच्छेद गरेको र २३ मुद्दामध्ये १८ मुद्दामा मेलमिलाप भएको अदालतले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार