काठमाडौं । नेपाली कांग्रेस माप्य दुधकोशी गाउँपालिकाद्धारा काठमाडौंमा उपलब्ध गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुसँग छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज कार्कीको प्रमुख आतिथ्यतामा माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुबाट काठमाडौं आई विभिन्न पेशा र व्यवसाय गरिरहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा माप्य दुधकोशीका नेता तथा कार्यकर्ताहरुले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको बारेमा पनि छलफल गरेका थिए ।
कार्यक्रममा बोल्ने बत्ताहरुले सोलुखुम्बुमा कांग्रेस एक भएर जानुको विकल्प नरहेको बताएका छन् । आन्तरिक विवादले गएको स्थानीय, प्रदेश र संघको निर्वाचनमा नराम्ररी पराजय भोग्नु परेको भन्दै आउने तिनै तहको निर्वाचनमा गुट उपगुटभन्दा पनि नेपाली कांग्रेस भएर नेता तथा कार्यकर्ताहरु सबै लाग्नु पर्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमको सभापति एवं नेपाली कांग्रेस माप्य दुधकोशी गाउँपालिकाका सभापति नविन कार्कीले लोकतान्त्रिक पार्टी भएकाले अधिवेशनमा मात्रै गुट उपगुट भएर चुनाव लड्ने भएकाले अब नेपाली कांग्रेसमा कुनै गुट उपगुट नरहेको बताए । ‘हामी लोकतान्त्रिक पार्टी भएकाले पार्टीको अधिवेशनमा मात्रै गुट उपगुट भएर लोकतान्त्रिक अभ्यास गर्यौं,’ सभापति कार्कीले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई हामीले आत्मासाथ गर्ने भएकाले पार्टीको चुनावपछि जे नतिजा आउँछ, हामीले मान्नु पर्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो ।’
कार्यक्रममा नेताहरु साङ्ग राई, चोलेन्द्र कार्की, चन्द्र खालिङ, ढलबहादुर मगरलगायतको उपस्थिति रहेको थियो ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस
https://youtu.be/q4ZDe4ui1sU