सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको ७ औं जिल्ला अधिवेशन पेचिलो बन्दै गएको छ । शुक्रबारदेखि शुरु भएको एमालेको ७ औं जिल्ला अधिवेशन बन्दशत्रमा प्रवेश गरेपछि नेतृत्व चयनमा थप पेचिलो बन्दै गएको हो ।
पार्टीभित्रका अधिकांश यूवा नेताहरु आन्तरिक लोकतन्त्रलाई बचाउन जोडदार रुपमा लागि परेका छन् । तर, नेतृत्वले सहमतीको नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बन्धक बनाउन खोजिएको भन्दै जोडदार आवाज उठाएका हुन् । नेतृत्वले यूवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न र आन्तरिक प्रतिस्पर्धामा छेक्न खोजेपछि शनिबारको बन्दशत्र थप पेचिलो बन्दै गएको हो ।
सहमतीको नाममा नेतृत्वले यसअघिकै पदाधिकारीलाई सर्वसम्मत रुपमा स्वीकारर्न आग्रह गरेपछि यूवा नेताहरुले त्यसको विरोध गरेका हुन् । ‘सहमती भन्दै नेतृत्वले हामीलाई आन्तरिक प्रतिस्पर्धामा छेक्न खोज्यो,’ सचिवका उम्मेदवार घोषणा गरेका वीरउदास श्रेष्ठले भने, ‘जनताको बहुदलीय जनवादलाई जोगाउनकै लागि भए पनि नेतृत्वले आन्तरिक प्रतिस्पर्धामा जान खोज्ने उम्मेदवारहरुलाई छेक्न खोज्नु हुँदैन ।’
अर्का यूवा नेता जगन्नाथ बास्तोलाले बन्दशत्र शुरु हुने वित्तिकै सामाजिक सञ्जालमा ‘सहमतिका नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बन्धक बनाउनु भुल हुनसक्छ’ भनेर स्टाटस लेखेका छन् । बन्दशत्रले भूगोललगायत अन्य क्लस्टरका जिल्ला सदस्यहरु टुंगो लगाए पनि खुल्ला जिल्ला सदस्य र पदाधिकारीहरुको भने टुंगो लगाउन नसकेर आइतबारसम्म बन्दशत्र स्थगीत गरेको छ । पदाधिकारी र खुल्ला सदस्यमा नेतृत्वको एक किसिमको दवदबाव छ भने यूवा नेताहरुको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जानुपर्ने अडान राखेका छन् । जसका कारण आइतबारसम्म बन्दशत्र स्थगित गरिएको नेता बास्तोलाले बताए ।
एमालेको जिल्ला नेतृत्वले सोलुमा गुटगत राजनीति सकिएको घोषण यसभन्दा अघिल्ला विभिन्न कार्यक्रममा उदघोष गरेका थिए । तर, जिल्ला नेतृत्वले यूवाहरुलाई नेतृत्व हस्तान्तरणमा आनाकानी गरेपछि यूवा पुस्ता भर्सेज बृद्धपुस्ता भएको छ ।
तस्वीर: उमेश श्रेष्ठको फेसबुकबाट ।