माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

  सगरमाथा अनलाईन
0 Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि देशभरिका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको छ ।


कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए ।

यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो ।

नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन् । आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार