५६ जिल्लामा एमालेको नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित)

7 Shares

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ ।

पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।

यी हुन् हालसम्म निर्वाचित ५६ जिल्लाका अध्यक्षहरु

प्रदेश १

१. झापाः दीपक कार्की

२. मोरङः ऋषिकेश पोखरेल

३. खोटाङः रामप्रसाद दंगाल

४. धनकुटाः इन्द्रमणि पराजुली

५. तेह्रथुमः तेजमान कन्दङवा

६ः पाँचथरः राजकुमार भण्डारी

७ः भोजपुरः शरणकुमार राई

८. इलामः महेश बस्नेत

९. सोलुखुम्बुः डुफकुमार बास्तोला

१०. उदयपुरः प्रमेश्वर घिमिरे

११. ओखलढुंगाः शंकर कटुवाल

१२. ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरीः ताराकान्त चौधरी

२. सिरहाः बिन्देश्वर मण्डल

वागमती

१. धादिङः भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु

३. भक्तपुरः बचन देउजा

४. रसुवाः कर्णेल तामाङ

५. रामेछापः आनन्दकुमार श्रेष्ठ

६. नुवाकोटः बद्री मैनाली

७. मकवानपुरः एकलाल श्रेष्ठ

८. काठमाडौंः दीपक निरौला

९. ललितपुरः पुरुषोतम आचार्य

१०. सिन्धुलीः कुमारबहादुर कार्की

११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखाः प्रेम गुरुङ

२. तनहुँः श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दीः देवेन्द्र केसी

४. लमजुङः कृष्णप्रसाद अधिकारी

५. बागलुङः हिराबहादुर केसी

६. पर्वतः राजु पौडेल

७‍. नवलपुरः मुक्ती पाण्डे

८. स्याङ्जाः सूर्य प्रसाद गैरे

लुम्बिनी

१. पाल्पाः धनेन्द्रराज घिमिरे

२. गुल्मीः बालकृष्ण काउछा मगर

३. अर्घाखाँचीः पिताम्बर भुसाल

४. बाँकेः किस्मत कुमार कक्षपती

५. बर्दियाः लालबहादुर श्रेष्ठ

६. दाङः हुकुमबहादुर बस्नेत

७. रुपन्देहीः तेजेन्द्र केसी

८. कपिलवस्तुः डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठानः विजयबिराज विष्ट

कर्णाली

१. डोल्पाः शेरबहादुर बुढा

२. सल्यानः गोविन्द पुन मगर

३. जुम्लाः शान्तिलाल महत

४. रुकुमः नन्दराम देवकोटा

५ जाजरकोटः खिमबहादुर शाही

सुदूरपश्चिम

१. डडेल्धुराः प्रकाश साउद

२. बैतडीः सुरेन्द्र पाल

३. डोटीः चक्र मल्ल

४. कैलालीः रतन थापा

५. दार्चुलाः प्रेमसिंह धामी

६. बाजुराः कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेषः जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेषः उमेश ढकाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार