जित्न जनम राई/सोलुखुम्बु । पिसाव मलको प्रयोगले सोलुखुम्बुको कोशीपारीका गाविसका कृषकहरुको बाली सप्रीएको छ । जिल्लाको बुङ गाविस वडानं. १ शाद्धी निबासी २८ वर्षीय धिरज राईले तरकारी बाली, फलफूल र अलैचीको विरुवामा पिसाब मल प्रयोग गरेपछि बाली विरुवा राम्ररी सप्रीएको बताए । राम्रो बाली सप्रीएपछि कृषक राईलाई जैबिक विषादी समेत पिसाबकै प्रयोग गरी तयार गरेका छन् ।
पिसाव मल प्रयोग गरेर फलाईएको गोलभेडा ।
व्यवसायीक कृषिसँगै पशुपालन समेत गरेका राईले बाख्रा पालन गरेका छन् । कृषक राई तरकारी खेति र फलफूल खेति लगायत अलैंचि खेति पनि व्यवसायीक रुपमा गरेका छन् । विज्ञान विषयम स्नातक उत्तीर्ण गरेका राईले फाप्लुमा रहेको जिको कर्नर माविमा ३ वर्ष अध्यापन गराएका थिए । गाउँका यूवाहरु विदेशि रहेको बेला उनी आफ्नै गाउँमा बसेर वयवसायीक कृषि र पशुपालनबाट मनग्ये आम्दानी गरिरहेका छन् । उनी लगायत गाउँका केहि स्थानीयहरु मिलेर दाजुभाइ मिश्रित कृषि समुहको दर्ता गरी अध्यक्षको रुपमा कार्य गरी रहेका छन् । त्यत्ति मात्र होईन उनले एकीकृत कृषि तथा बाख्रा पालन उद्योग खोलेर काम गरी रहेका छन् । जसबाट वार्षिक छ लाखसम्म आम्दानी लिइरहेका छन् ।
पिसाव मल प्रयोग गरेर फलाईएको जापानिज उन्सु जातको सुन्तला ।
हरेक विषयमा चासो राख्ने राई खेतिमा पिसाब मल प्रयोग गर्दा अति राम्रो हुन्छ भन्ने सोताङ र छेस्काम गाविसको समुदायबाट सुनेका थिए । छेस्काम गाविस मुलुककै ईकोसान भिलेजको रुपमा घोषणा भएको सुनेपछि सोधखोज गरे ईकोसान भिलेज भनेको के हो ? उनले उत्तर पाए प्रत्येक घरमा र्ईकोसान चर्पी हुन्छ त्यसमा पिसाब संकलन गर्न मिल्छ र संकलन गरेको पिसाब नियम पु¥याएर बालीनालीमा प्रयोग गरे पछि फस्टिन्छ किन कि विरुवालई चाहिने नाईट्रोजन सबै भन्दा बढी पिसाबबाट पाईन्छ ।
पिसाव फेर्ने सोली माथी र पिसाव मलका लागि पिसाव जम्मा गर्ने ड्रम तल ।

अनि गाई बस्तुको मात्र होईन मानिसको पनि पिसाब झन उपयोगी हुन्छ भन्ने सुने पछि पिसाब जम्मा गर्ने प्रविधिको बारेमा सोधखोज गर्दै जाने क्रममा सरसफाईको लागि ईकोसान चर्पी पद्धतिमा अनुभव बटुलेको उनले सुनाए । ईकोसान चर्पी नभए पनि सोली ड्रम प्रविधिबाट पिसाब संकलन गर्न र प्रयोग गर्न सकिने थाह पाए र उनले सोली खरिद गरी पिसाब संकलन गरे । पिसाब मल संकलनको लागि व्यावस्थित वाटरसेल चर्पी हुदाँ हुदै उनले घरको भ¥याङमुनी सोली ड्रम राखेर पिसाव संकलन गरी बालीमा प्रयोग गर्न थाले ।
पिसाव मल प्रयोग गरी उत्पादन गरिएको अलैँचीको बेर्ना ।
उनको घरमा टेलिभिजन कार्यक्रम हेर्न आउने युवा साथिहरुलाई पिसाब फेर्न अप्ठेरो मान्नेलाई पनि सम्झाएर सोलीबाट पाईप जोडी ड्रममा पिसाब जम्मा हुने ठाउँमा पिसाब फेर्न लगाउने गरेको बताए । उनले मानिसको पिसाब संकलनसँगै बाख्राको पिसाब पनि संकलन गर्न थालेका छन् । उनले अलैचीको विरुवामा पिसाबको प्रयोग गरेपछि धेरै वटा टुसा पलाएको, जापानिज उन्सु जातको सुन्तला बेलैमा पोटिलो फल लागेको, खुर्सानी लगायत अन्य बोटविरुवामा पनि प्रयोग गर्दै आएको वताए । आगामी वर्ष पिसाब मलको प्रयोगले फस्टेको अलैचीको विरुवाबाट मात्र करिब ११ लाख आम्दानी हुने समेत कृषक राईले बताए ।
व्यवसायीक कृषिसँगै बाख्रा पालन व्यवसायमा लागेका कृषक धिरज राई । सबै तस्वीर ः जित्नकुवीर राई ।