कोरोना संक्रमितको संख्या बढ्दैः एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा संक्रमण

  सगरमाथा अनलाईन
175 Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९, ओमिक्रोन पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा पुष्टि भएको छ । नेपालमा एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय १ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १ सय ५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ भने ८ लाख ३७ हजार ४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय ५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ सय ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३ सय ९३, मोरङमा २ सय ८१, कैलालीमा १ सय ८४, सुनसरीमा १ सय ५८, रुपन्देहीमा १ सय ४३, चितवनमा १ सय २७, धनुषामा १ सय १५, झापा र बाँकेमा १०६÷१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा ६७, सप्तरी र क्चनपुरमा ६१÷६१ जना, सिरहामा ५८, नुवाकोट र मकवारमा ५४÷५४ जना, दाङमा ४१, पाल्पामा ४०, स्याङ्जामा ३९, नवलपरासी पुर्वमा ३५, तनहुँमा २९, गोरखा र बर्दियामा २४÷२४ जना तथा गुम्लीमा २१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार