काठमाडौँ, १० कात्तिक । वल्र्ड भिजन नेपालले भूकम्पबाट अति प्रभावित १० जिल्लाका पाँच लाख व्यक्तिलाई सहयोग गरेको छ ।
वल्र्ड भिजनले मङ्गलबार यहाँ पे्रस विज्ञप्ति जारी गर्दै भूकम्प अति प्रभावित काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, सिन्धुली, लम्जुङ, धादिङ, दोलखा, गोरखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा सहयोग गरेको बताएको छ ।
दश जिल्लामा स्वास्थ्य पोषण शिक्षा, खानेपानी, सरसफाइ, आवास र जीविकोपार्जनका क्षेत्रमा सहयोग गरेको वल्र्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक लिज साटोको भनाइ छ । उहाँले अब तत्काल तीन जिल्लामा सहयोग गरिने जानकारी दिँदै यसरी गरिने सहयोगले बालबालिका र महिलालाई यथास्थितिमा फर्काउन एवम् समुदायको उत्थानशीलता अभिवुद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस