२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

सर्वदलीय बैठक सिंहदरबारमा सुरू


२ फाल्गुन २०७८, सोमबार  

35
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

 


सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४६ बजे