बालमैत्री गाविस घोषणा सम्बन्धमा अनुगमन

7 Shares

बैतडी, १० कात्तिक । बालमैत्री गाविस घोषणाका लागि तयारी अवस्थामा रहेको सिद्धेश्वर गाविसमा मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले अनुगमन गरेको छ ।

मन्त्रालयका उपसचिव गुरु सुवेदीको नेतृत्वमा आएको टोलीले गाविसमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि भइरहेका प्रयासका बारेमा अनुगमन गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोके अनुसारका सूचक पूरा गरे÷नगरेका बारेमा छलफल गरेको छ । कुनै पनि स्थानीय निकायले बालमैत्री घोषणाका लागि २७ सेवामूलक र १२ संस्थागतसूचक पूरा गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको टोलीले अनुगमन गर्दा ती सबै सूचक गाविसले पूरा गरेको गाविसका सचिव प्रेमसिंह बिष्टले जानकारी दिनुभयो । अनुगमन टोलीले आज जिविसमा छलफल गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । टोलीले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि गाविसलाई बालमैत्री गाविस घोषणाको मिति तय गरिने छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार