७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

धार्मिक पर्यटन महोत्सवमा त्रिचालिस लाख सङ्कलित



गुल्मी, १० कात्तिक । पूर्तिघाटमा यही कात्तिक १ गतेदेखि सञ्चालन भएको धार्मिक पर्यटन महोत्सव सम्पन्नसँगै करिब रु ४३ लाख सहयोग जुटेको छ ।

महोत्सवबाट सङ्कलित रकमले पूर्तिघाटमा अत्याधुनिक सुविधासम्पन्न अतिथि आश्रम भवन निर्माण गर्ने, पूर्तिघाट क्षेत्र वरिपरिका रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग र कालीगण्डकीको व्यापक प्रचारप्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायका रुपमा स्थापित गर्ने उद्देश्य राखिएको महोत्सवका प्रचार–प्रसार संयोजक अग्निधर पराजुलीले जानकारी दिनुभयो । यही कात्तिक १ देखि ९ गतेसम्म महोत्सव सञ्चालन भएको थियो । रासस

प्रकाशित मिति : १० कार्तिक २०७३, बुधबार  ६ : ४५ बजे