तरलता अभाव हुनु राष्ट्र बैंककै कमजोरी : पूर्वगभर्नर नेपाल

21 Shares

काठमाडौं । पूर्वगभर्नर चिरञ्जिवी नेपालले नेपाल राष्ट्र बैंककै कमजोरीका कारण लगानी योग्य रकम अभाव ९तरलता० को समस्या समाधान नभएको बताएका छन् । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ ।

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको उनले बताए । ‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा रहेको छ, सबै भन्दा ठूलो समस्या के भन्दा रेमिट्यान्स घटेको छ, ’ न्युज एजेन्सीसँग उनले भने, ‘रेमिट्यान्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएको छ, ५ महिनादेखि सञ्चिति घट्दै गएर जम्मा ६ महिनाको लागि वस्तु आयात धान्न सक्ने मात्रै छ । यो अझै घट्दै गयो भने अझै गाह्रो पर्छ ।’

अब विदेशबाट लिने ऋण अनुदानको लागि सरकारले तरुन्त पहल गरेर, विदेशी अनुदानका लागि नीति तथा कानुनमा समेत परिमार्जन गरेर जानु आवश्यक रहेको उनले बताए । अहिलेको अवस्थामा सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने समेत उनले बताएका छन् ।

‘भन्नलाई जे भन्दिए पनि भयो, ७ प्रतिशत आर्थिक वृद्धिदर हुन गाह्रो छ,’ उनले भने, ‘आयात बढी रहेको अवस्थामा आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन । अझ राजश्व संकलन समेत घट्ने अवस्था देखिएको छ, धेरै वस्तु आयात गर्न राष्ट्र बैंकले रोकेको र नेपालमा आयातमुखी राजस्व भएकाले त्यो पनि घट्ने छ, राजस्व संकलनको लक्ष्य राखेको छ। त्यो पूरा हुन गाह्रो छ ।’

 

त्यस्तै पूर्वगभर्नर डा। नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे । उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजस्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार