३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाइते



कावासोती, १० कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट–५ मा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

राति १०ः४५ बजे पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ७५३० नंको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

त्यस्तै नवलपरासीको डण्डामा मङ्गलबार साँझ बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री मध्यविन्दु–५ का १४ वर्षीय भिजन अर्याल घाइते हुनुभएको छ । भैरहवाबाट पोखरातर्फ गुडिरहेको लु१ख ८२२७ नंको बसले ठक्कर दिएपछि घाइते साइकल यात्री अर्यालको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : १० कार्तिक २०७३, बुधबार  ६ : ४६ बजे