पर्सामा वीरगञ्जबाहेक अन्य पालिकामा गठबन्धनबीच तालमेल नहुने

0 Shares

वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो ।

अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो ।


जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो । जिल्लाबाट लाद्नेभन्दा पनि तल्लो कमिटीबाट मिल्न प्रोत्साहन गर्नेर्े सहमति दलहरुबीच भएको थियो ।

पछि कांग्रेसले गठबन्धन घटक दलमध्ये जनता समाजवादी पार्टी ९जसपा०सँग मात्रै बैठक बसेर पर्सामा दुवै दल ‘मित्रवत् प्रतिस्पर्धा’मा जाने निर्णय गर्‍यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार