१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

स्थानीय चुनाव लड्‍न प्रदेश(१ का दुई सांसदले दिए राजीनामा


११ बैशाख २०७९, आइतबार  

7
Shares

विराटनगर । प्रदेश(१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।

कागते इलाम क्षेत्र नम्बर(१ ९ख० र बुढाथोकी झापा १ को ९ख०बाट निर्वाचित भएका थिए ।

एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।

स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका र बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४९ बजे