खोटाङ, ११ कात्तिक । चट्याङका कारण बन्द भएको खोटाङको रुपाकोट सामुदायिक रेडियो पुनः सञ्चालन भएको छ । गत भदौ ५ गते परेको चट्याङका कारण क्षतिग्रस्त हुँदा अवरुद्ध भएको रेडियो मङ्गलबारदेखि पुनः सञ्चालन भएको हो ।
चट्याङले क्षतिग्रस्त बनेको उपकरणको सट्टा नयाँ उपकरण खरिद गरेर रेडियोको नियमित प्रसारणलाई निरन्तरता दिइएको स्टेसन मेनेजर सूर्य तामाङले बताउनुभयो । चट्याङले अनलाइन युपिएस, ब्याकअप ब्याट्री, ल्यापटप, स्टेप्लाइजर लगायतका उपकरण काम नै नलाग्ने गरी बिग्रिएपछि प्रसारण बन्द भएको थियो ।
चट्याङले रु दुई लाख ७१ हजारबराबरको क्षति पु¥याएको थियो । २०६४ साल वैशाख १ गतेबाट प्रसारण सुरु गरेको रेडियोको प्रसारणमा चट्याङका कारण ठूलो क्षति पुगेको यो तेस्रोपटक हो । २०७१ चैतको चट्याङले बन्द भएको हलेसी एफएमले गत साउन १८ गतेबाट प्रसारणलाई निरन्तरता दिएको छ । रासस
