वडा अध्यक्षमा निर्वाचित भए पार्टीगत रुपमा बजेट वितरण प्रवृतिको अन्त्य गर्छु : कुमार थापा

1.8k Shares

काठमाडांै । बैशाख ३० गते हुन स्थानीय तह निर्वाचनको गर्मी बेजोड ढङ्गले बढेको छ । स्थानीय तहमा जनप्रतिनिधिका लागि प्रमुख दलका उम्मेदवारहरुलाई न दिनमा भोक छ,न रातमा निन्द«ा केवल चुनाव कसरी जित्ने भन्ने मानसिक तथा भौतिक रुपमा तनाव पूर्ण आ आफ्नो क्षेत्रमा लागि परेका छन् । पार्टीगत घोषणा पत्र,प्रतिवद्धता लिएर एजेण्डा सहित मतदाताको घर दैलो कार्यक्रममा व्यस्त छन् । सो स्थानीय तह निर्वाचनमा अरुण गाउँपालिका ७.न.वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका एक जना व्यक्ति हुन् कुमार थापा, प्रमुख दलका उम्मेदवारहरुको एजेण्डा, विचार प्रतिवद्धता करिब उस्तै छन् र पार्टीको आदेश, विचार र सिद्धान्त अनुरुप वडा स्तरमा आउँने बजेटका कार्यक्रमहरु सो अनुरुप वितरण गर्छु भन्ने छ तर माओवादी केन्द« पार्टीबाट वडा अध्यक्षमा उम्मेदवार कुमार गापाको फरक विचार र धारणा वडावासी समक्ष राखेको छ ।

यदि मलाई ७.न. वडा अध्यक्ष्यमा निर्वाचित गराए, स्थानीय वडा क्षेत्रको कुन टोलमा वास्तविक के समस्या छ, सो समस्यालाई विशेष रुपमा मूल्याङ्कन गरि बजेट कार्यक्रम सोही अनुरु वितरण गर्ने,साथै नेपाली राजनीति क्षेत्रमा विगत देखि रहि आएको जुन खराब प्रवृति छ, जसको पार्टीले जितेको छ, त्यहि ठाउँ र टोलमा मात्र बजेट वितरण गर्ने र पार्टीगत रुपमा गरिने बजेट वितरण प्रवृति छ,त्यसको घोर आपति जनाउँदै,समता र समावेशी अनुसार बजेट वितरण गरि वडा क्षेत्रको विकास र वडावासीको हितमा रहेर जनताको सेवा गर्ने थापाले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार