बुद्धवीर बाहिङ/काठमाडौं । ललितपुरको पाटनढोकामा चलिरहेको दोस्रो अन्तराष्ट्रिय फोटो महोत्सवमा हिमाली जिल्ला सोलुखुम्बुको पनि फोटो कथा प्रदर्शनमा राखिएको छ ।
फोटोसर्कल संस्थाले कात्तिक ५ गते देखि १८ गतेसम्म दोस्रो अन्तराष्ट्रिय ‘फोटो काठमाडौं’ महोत्सव ललितपुरको पाटनमा गरिरहेको छ ।
महोत्सवले पाटन, यसको इतिहास तथा पाटनवासीका आकांक्षा र सपनाहरूबीच सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । नेपाललाई एक जीवन्त साँस्कृतिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै नेपालीकोे आम्दानीको श्रोतमध्ये एक पर्यटन उद्योगलाई विनाश्कारी भूकम्पले पु¥याएको असर तथा क्षतीलाई पुर्नजागृतमा सहयोग र्पुयाउने उद्देश्यका साथ महात्सव गर्न लागेको आयोजकको भनाइ छ ।
२२ मुलुकका ५२ जना फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधकहरु सहभागीहुने यस महोत्सवमा २ लाख स्थानीयहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
शिक्षा फाउन्डेशन नेपाल, नेपालका लागि स्वीट्जरल्यान्ड दूतावास, न्याशनल जियोग्राफिक सोसाइटी लगायत संस्था र स्थानीयसहयोगबाट नै फोटो काठमाडौँ २०१६ सम्भव भएको आयोजकको भनाइ छ ।
फोटो काठमाडौंमा : सोलुखुम्बु दृष्यकथा
0
Shares