२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

जोन डिलर कम्पनीका ट्र्याक्टर लहानबजारमा



लहान, १२ कात्तिक । किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ ।

लहानबजारको मेनरोड छेउमा रहेको विवेक अटोमोबाइल्स प्रालिले उक्त ट्र्याक्टरको बिक्री वितरण सुरु गरेकै दिन बिहीबार ६ वटा ट्र्याक्टर बिक्री भए । बिक्री शुभारम्भ गरिएको अवसरमा आयोजित कार्यक्रममा जोन डिलर कम्पनीका क्षेत्रीय प्रबन्धक श्याम पटेलले सिरहासहित सप्तरी र उदयपुरका किसानलाई लक्ष्य गरी लहानबजारमा नयाँ ट्र्याक्टरको बिक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

बजारमा आएको उक्त ट्र्याक्टर आधुनिक प्रविधि र हाइड्रोलिक क्षमताको भएकाले तराई तथा पहाडको बाटोमा सजिलै गुड्न सक्ने दाबी कम्पनीका प्रबन्धक बाबुराम श्रेष्ठको छ । उहाँका अनुसार किसानलाई सस्तो र सुलभ किसिमबाट ट्र्याक्टरको पार्टपुर्जा उपलब्ध गराउने व्यवस्था छ । रु १२ लाख ७५ हजार मूल्य पर्ने उक्त ट्र्याक्टरमा १३–६–२८ को टायर तथा मिटारक साफ्ट प्रयोग गर्नुका साथै अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले कम तेलको खपतमा बढी काम गर्ने कम्पनीका क्षेत्रीय सर्भिस इन्जिनियर चन्द्रकुमार यादवले बताउनुभयो ।

दीपावली, तिहार र छठ पर्वका अवसरमा ट्र्याक्टर खरिदमा विशेष छुट दिने योजना कम्पनीको छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७३, शुक्रबार  १ : ३२ बजे