महाभियोग सिफारिस समितिलाई खानतलासी गर्ने अधिकार

0 Shares

काठमाडौं, १२ कात्तिक । संसदको महाभियोग सिफारिस समितिलाई आरोपित व्यक्तिको कार्यालय र सरोकार रहने अन्य स्थानमा खानतलासी गर्ने अधिकारको समेत व्यवस्था गरिने भएको छ ।

महाभियोग अनुसन्धान र अभियोजनको समेत जिम्मेवारी पाएको समितिको कार्यविधि तय गर्दै समिति मातहतको उपसमितिले यस्तो कार्यविधि तय गरेको हो ।

उपसमितिले तयार पारेको कार्यविधि समितिमा पेस भएको छ । समितिको कात्तिक २६ गतेको बैठकले कार्यविधि पारितसम्बन्धी निर्णय लिनेछ ।
samsad-photo

उपसमितिले समितिमा पेस गरेको कार्यविधि अनुसार समितिले अनुसन्धानका क्रममा आरोपितको कार्यालय, उनीसँग सम्बन्धित स्थानको आवश्यकता अनुसार खानतलासी गर्न पाउने अाजको गोरखापत्रमा समाचार छ ।

यस्तै समितिले आरोपिसाग सम्बन्धित स्थानको अवलोकन र निरीक्षणसमेत गर्न पाउनेछ ।

समितिले आरोपित व्यक्तिको कामकारबाहीका सम्बन्धमा भएको कुनै पनि प्रमाणबारे अन्य कुने किाय या कार्यालयलाई समेत पेस गर्न लगाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार