पुलको शिलान्यास

0 Shares

चितवन, १३ कात्तिक । भरतपुर उपमहानगरपालिकालाई पहाडी गाविस दाहाखानीसँग जोड्ने उद्देश्यले दाहाखानीस्थित रानीखोलामा सडक पुल निर्माण हुने भएको छ ।

झन्डै रु एक करोड ७८ लाखको लागतमा निर्माण हुन लागेको स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत उक्त पुल बन्न लागेको हो ।

उक्त पुलको सांसद कृष्णभक्त पोखरेलले शुक्रबार शिलान्यास गर्दै पुल निर्माणपछि दाहाखानी गाविस र अन्य पहाडी भेगका बासिन्दाले पनि सहज रुपमा यातायात सुविधा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

विसं २०७४ साउनभित्रमा सक्ने गरी अनिश निर्माण सेवा र लोहनी एन्ड सन्सको सहकार्यमा पुल निर्माण हुन लागेको हो । कुल ३२ दशमलव ४ मि लामो उक्त पुल ५.४५ मि चौडाइको हुने स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार