७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

गैँडाको आक्रमणबाट मृत्यु



कावासोती, १३ कात्तिक । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ ।

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ । एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो ।

जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको हो । तीन दिनदेखि यो प्रयास जारी रहेको अम्रसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद ढुङ्गानाले बताउनुभयो । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७३, शनिबार  ३ : ३४ बजे