मुटुरोग परीक्षण शिविरमा बिरामीको भीड

0 Shares

पर्वत, १४ कात्तिक । दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा पर्वतमा शनिबार निःशुल्क मुटुरोग परीक्षण गरिएको छ ।

धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको हो ।

पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० भन्दा बढीको परीक्षण गरिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरिरहेको छ ।

शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले जानकारी दिनुभयो । पहिलो दिन परीक्षण गरिएका बिरामीमा दुई जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन् भने १० जनाभन्दा बढी भल्ब बिग्रेका बिरामी भेटिएका छन् ।
मुटुरोगीको उपचारभन्दा पनि परीक्षणका लागि शिविर आयोजना गरिएकाले धेरैभन्दा धेरै सर्वसाधारणको मुटु परीक्षण गरिने वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले बताउनुभयो । मुटु बचाउ अभियानले मुटुरोगका बारेमा जनचेतना जगाउने, विभिन्न २० स्थानमा शिविरबाट परीक्षण गर्ने तथा गम्भीर खालका बिरामीलाई विदेशमा पठाएर समेत उपचार गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार