परिचयपत्र पाउँदा ज्येष्ठ नागरिक उत्साहित

0 Shares

म्याग्दी, १४ कात्तिक । परिचयपत्र वितरण हुन थालेपछि म्याग्दीका ज्येष्ठ नागरिक उत्साहित भएका छन् ।

महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । परिचयपत्रको आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने सरकारले घोषणा गरेको छ ।

कार्यालयले हालसम्म म्याग्दीका ९२ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । ६० वर्ष पुरा उमेर पुगेका जेष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ ।

परिचयपत्र भएका जेष्ठ नागरिकले यातायात र सरकारी अस्पतालमा उपचार गर्दा पचास प्रतिशत छुट सुबिधा पाउने जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । सीमित मात्रामा परिचयपत्र प्राप्त भएकाले पहिलो चरणमा सदरमुकाम वरपरका जेष्ठ नागरिकलाई मात्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
विसं २०६८ मा भएको गणगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार