थुलुङ दुधकोशीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन

  सगरमाथा अनलाईन
84 Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-६ रन्देपुमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष असिम राईले एक कार्यक्रमका बिच उद्घाटन गरेसङ्गै उक्त इकाइ सन्चालमा आएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले भौगोलिक बिकट्ता र नागरिकको स्वास्थ्य संबेदनसिलतालाइ केन्द्रमा राखेर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अध्यक्ष राईले वडा नम्बर ६ को रन्देपु, सहित २, ४,५ र ७ को तल्लो क्षेत्रका नागरिकहरु लाभान्वित हुने बताउनुभयो ।

अहिले गाउँपालिकाको बजेटले निर्माण गरेको भवनबाट सेवा प्रवाह भइरहेको छ । यसलाइ थप व्यवस्थीत रुपमा सेवा प्रवाह गर्नको लागि सुविधा सम्पन्न भवन निर्माण हुने गरिने पनि अध्यक्ष राईले जानकारी दिनुभयो ।

वडा नम्बर ६ का अध्यक्ष महेन्द्रदिप राईको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक बुद्धिराज राईले निर्वाचनको बेला गरिएको एउटा प्रतिवद्वता पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस्तै वडा अध्यक्ष महेन्द्रदिप राईले वाडावासी नागरिकलाइ स्वास्थ सेवाको पहुँचमा पुर्याउन सफल वनाउन सहयोग गर्नुहुने पालिका प्रमुख र जग्गादाता सहितलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनको लागि स्थानीय लिला बस्नेतले अरिब २ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराउनुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

सेवा संचालनमा आएसङ्गै स्थानीयवासी हर्षित भएका छन । सामान्य स्वास्थ्य जाँच तथा औषधि लिनको लागि घन्टौं हिड्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी लिला बस्नेतले बताउनुभयो । स्थानीय सरकार वास्तविक नागरिकको सरकारको रपमा रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार