काठमाडौं । नागरिक मुद्धामा सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकता लिने भएका छन् । लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर लिने भएका हुन् ।
लामिछानेले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको बताइएको छ । उनले आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने जानकारी गराइएको छ । सर्वोच्चको आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट नै लामिछानेलाई नागरिकता दिने तयारी भएको हो ।
जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।