२०७९, मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिक अर्थात् लोकप्रिय मत परिणाममा ठूला र मूलधारका भनिने राजनीतिक दलहरु किन अनपेक्षित रुपमा खस्के ? भन्ने सम्बन्धमा कसैले पनि भुई तहमा गएर बहस र छलफल चलाएनन् । सो निर्वाचनमा प्रत्यक्षतर्पmको १६५ सिटमध्ये नेपाली कांग्रेस (नेका) ले ५७ सिट, नेकपा (एमाले) ले ४४ सिट, नेकपा (माके) ले १८ सिट र नेकपा (एस) ले १० सिट मात्रै जित्न सक्यो । प्रत्यक्षतर्पmको बाँकी सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७ सिट, संघीय समाजवादी पार्टी (संसपा) ७ सिट, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ३ सिट, जनमत पार्टी (जपा) १ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, राष्ट्रिय जन मोर्चा राजमो) १ सिट र स्वतन्त्र उम्मेदवारहरुले ५ सिट जितेको थियो ।
हुनत नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यस पटकको निर्वाचनमा भएको उलटपुलट र नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको विजयलाई अस्वाभाविक रुपमा भएको विजय भन्ने आशय व्यक्त गरे । अझ उनै शंकर पोखरेलले ‘सहरिया मध्यम वर्ग अस्थिरताको कारक’ भनी आरोप लगाए । स्रोतः अनलाइन खबर, पुस ४, २०७९ । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माके) ले समानुपातिक मत प्रणालीमा चार लाख २८ हजारदेखि एक लाखसम्म कम मत ल्याएका छन् । किन यस्तो भयो ? जबकि यस बीचमा ती दलहरु नै पालैपालो सत्तामा रहेका थिए । यो अवस्थमा पनि उनीहरुले आप्mनो लोकप्रिय मत घटाउनु भनेको के को संकेत हो ? एमालेले २०७९ को निर्वाचनमा मा २८ लाख ४५ हजार, नेकाले २७ लाख १५ हजार (माके) ले ११ लाख ७५ हजार लोकप्रिय मत मात्रै ल्याए ।
पछिल्लो पटक निर्वाचनमा खसेको लोकप्रिय मतले के को संकेत गर्छ, धेरथोर बहस र छलफलको विषय बनाउने हो कि ? किनभने, नेपाली कांग्रेसले विसं २०७४ मा पाएको लोकप्रिय मत भन्दा यस पटक चार लाख १३ हजार कम लोकप्रिय मत ल्याएको छ । त्यस्तै नेकपा (एमाले) ले पनि विसं २०७४ मा भन्दा यस पटक तीन लाख २७ हजार कम लोकप्रिय मत ल्याएको छ भने उता नेकपा (माके) ले पनि विसं २०७४ मा भन्दा यस पटक एक लाख २८ हजार कम लोकप्रिय मत ल्याएको छ । अर्को महत्वपूर्ण कुरो के छ भने, नेकपा (एमाले) बाट फुटेर बनेको र निक्कै ठूलो शक्ति रहेको र, लोकप्रिय मत २० लाख कटाउँछु–कट्छ भनेको नेकपा (एस) ले त तीन लाख १८ हजार लोकप्रिय मत पुर्याउन नसकेर राष्ट्रिय राजनीतिक दल नै बन्न सकेन । धेरै जसो राज्य पक्षका बुद्घिजीवी र मुलधारका भनिने मिडिाया ती मिडियामा कार्यरत मिडियाकर्मीहरुले भन्ने गरेको ‘नेपालमा वर्गीय मुद्घा समाधान हुने बित्तिकै सबै ठीक–ठाक हुन्छ, जातीय, भाषिक, धार्मिक, समानुपातिक समावेशीकरण, अल्पसंख्यक, तेस्रो लिंगी, महिला आदि भन्ने त समूह देखाएर खानेहरुको “लन्चिङ–प्याड” मात्रै हो भन्ने खालको जुन भनाइ रहेको छ, त्यसो होइन है ! हो कि ? नत्र भने समानुपातिकमा खसेको मत जसलाई ‘लोकप्रिय मत’ भन्ने गरिन्छ, सबै लोकप्रिय मत खल्र्याम–खुर्लम्मै नेकपा (एमाले), नेकपा (माके) र अन्य साम्यवादी दलहरु जस्तै नेमकिपा, राष्ट्रिय जनमोर्चा, सीपी (माले) आदि दलहरुमा ओइरिनुपर्ने होइन ?
त्यसैले नेपालका विश्लेषक, विचारक, प्रा., डा., विद, कार, विज्ञ, र, अखबारी स्तम्भ लेख्ने लेखक, विभिन्न दलका नेता आदिले वेला छँदै माथिका विषयमा जवाफ दिनुपर्ने हुन्छ । किनभने, रेमश चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाली क्षेत्र नम्बर १, २ र ३ मा जित निकाल्यो भने बर्दिया क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रेशम चौधरीका बुबा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवार भएर जित निकाले । त्यस्तै कञ्नपुर क्षेत्र नम्बर १, बर्दिया क्षेत्र नम्बर १, बाँके क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर ४ मा राम्रै मत ल्याएर तेस्रो स्थान प्राप्त गर्यो । त्यस्तै सिके राउत अध्यक्ष रहेको जनमत पार्टी (जपा) र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चमत्कार गर्यो भने, राप्रपा पनि यस पटकको निर्वाचनमा निर्णायक शक्तिका रुपमा उदाएको छ । त्यसो त राज्य पक्षको मिडिया र बुद्घिजीवीहरुको एक पाखे भनाइलाई मान्ने हो भने, जातविादी, क्षेत्रीयतावादी, विखण्डनवादीहरु उदय हुनु वा भनौं उनीहरुले धेरथोर सिट जित्नु र लोकप्रिय मत ल्याउनुको अर्थ के हुन सक्छ ? नेपालको सत्ता राजनीति र पार्टी राजनीतिमा वर्चश्व राख्ने खस आर्य समूहका मान्छेहरुले सोच्नैपर्ने देखिन्छ । कतै नेपालको राजनीतिक समस्या भनेको वर्गीय मात्रै होइन भन्ने हो कि ? त्यसैले नेपालका जातजाति, भाषाभाषी, हिन्दु धर्मबाहेकका अन्य धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी, मजदुर, किसान, समानुपातिक त समावेशी भन्ने शब्द सुन्दै ‘एलर्जी !’ हुने राष्ट्रवादी कामरेडहरुले वेला छँदै विचार गर्ने हो कि ?
हुन पनि यस पटक निर्वाचन चिन्ह् गिलास, हँसिया–तारा, गँैती, तीर, पाँच कुने तारा, करुवा आदिमा पहिले भन्दा लोकप्रिय मत घटेको देखिन्छ भने निर्वाचन चिन्ह् खुकुरीसहितको दाप, ढक्की, कुखरोको भाले आदिमा भने पहिलेभन्दा धेरै लोकप्रिय मत खसेको देखिन्छ । कुखुरोको भालेले त यस पटक विसं २०६४ को पहिलो निर्वाचनमा भन्दा चार गुणाभन्दा बढी लोकप्रिय मत ल्याएको देखिन्छ । स्मरणीय छ, विसं २०६४ मा मंगोल नेसनल अर्गनाईजेसन (निर्वाचन चिन्ह् कुखुरोको भाले) ले ११ हजार ५७८ लोकप्रिय मत मात्रै ल्याउन सकेको थियो । तर, यसपटक (विसं २०७९ मा) उसले ४९ हजार मत ल्यायो ।
त्यसैले राज्य पक्षको मिडिया र बुद्घिजीवीहरु जो नेपालका जातजाति, भाषाभाषी, हिन्दु धर्मबाहेकका अन्य धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी, मजदुर, किसान, समानुपातिक त समावेशी भन्ने शब्द सुन्दै ‘एलर्जी !’ हुने र अनुदारवादी रुझान राख्ने कामरेडहरु जो हुनुहुन्छ, हजुरहरुले नेपालका ठूला भनिने राजनीतिक दलहरुले यस पटकको समेत जोडेर केही न केही बढी लोकप्रिय मत (कम्तिमा साढे नौ १० लाख) ल्याउनुपर्नेमा उल्टै २०७४ मा ल्याएको लोकप्रिय मतबाट आठ लाख ६९ हजार चानचुन लोकप्रिय मत गुमाएका छन् । त्यसरी ठूला र मूलधारका भनिने राजनीतिक दलहरुले गुमाएको आठ लाख ६९ हजार चानचुन लोकप्रिय मत कहाँ गयो त ? खोजबिन गर्ने अन्यत्र जानुको कारण खोतल्ने काम राज्य पक्षका मिडिया र बुद्घिजीवीहरुकै काँधमा राख्दिएँ है ?