काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
एक क्यानेडियन नागरिकलाई ९ किलो सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो । हिजो दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलो परिणाममा सुन भेटिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फ्लाइ दुबईबाट आएका उनलाई राति १ बजे पक्राउ गरिएको हो । अहिले उनलाई गौसाला प्रहरीको जिम्मा जिम्मा लगाइएको छ ।