सोताङ वडा ३ को २ दिने सेवा प्रवाह शिविर काठमाडौंमा

  सगरमाथा अनलाईन
294 Shares

काठमाडौं । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ३ ले काठमाडौंमा २ दिने सेवा प्रवाह शिविर सम्पन्न गरेको छ । स्थायी ठेगाना सोताङ गाउँपालिका वडा नं. ३ भई काठमाडौंमा अस्थायी बसोबास गर्ने स्थानीयलाई लक्षितगरी शिविर सञ्चालन गरिएको हो ।

२ दिने शिविरमा जन्म दर्ता, विवाह दर्ता, मालपोल लगायत पञ्जिकरणका सम्पूर्ण सेवा दिएको वडा अध्यक्ष गोकर्ण बस्नेतले बताए । ‘हामी जनताको जनप्रतिनिधी भएपछि सकेसम्म आम जनताले कम समयमा आफ्ना कामहरु पाउन भन्ने हाम्रो उद्देश्य हो ।’ अध्यक्ष बस्नेतले भने, ‘जनताहरुले जुनसुकै काम सजिलै पाउन भनेर हामीले २ दिने शिविर सञ्चालन गरेका हौं ।’

वडापालिकाको कामका लागि आउने दिनमा पनि शिविर सञ्चालन गरिने अध्यक्ष बस्नेतले बताए । ‘हामीले हाम्रो वडा नं. ३ का वृद्धवृद्धाहरुका लागि स्वास्थ्य शिविर गाउँमै सञ्चालन गर्ने योजना बनाएका छौं ।’ अध्यक्ष बस्नेतले भने, ‘स्वास्थ्य शिविरमा आएका जटिल रोग भएका वृद्धवृद्धाहरुलाई काठमाडौं ल्याई स्वास्थ्य उपचार गर्ने पनि हाम्रो योजना छ ।’

हिमाली जिल्लाको सेवा काठमाडौंमै पाएपछि सेवाग्राही खुशी भएका छन् । ‘हामीलाई यस्तै जनप्रतिनिधी चाहिएको हो’ शिविरमा सेवा लिन आएका सेवाग्राहीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार