२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

बस सहयोगीको मृत्यु



गोरखा, १४ कात्तिक । फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आज बिहान ज्यान गएको छ ।

बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  ९ : १५ बजे