नेपाली मेनपावर व्यवसायी राईको मलेसियामा शंकास्पद मृत्यु

  सगरमाथा अनलाईन
3.2k Shares

फाईल तस्वीर

काठमाडौँ । नेपाली कामदारको समस्या समाधान गर्न गएका मेनपावर व्यवसायी रिञ्जी राईको मलेसियामा शंकास्पद मृत्यु भएको छ ।

काठमाडौंस्थित शान्तिनगरमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय राईको मलेसियामा शंकास्पद मृत्यु भएको हो । ४ दिन अगाडि मात्रै नेपालबाट मलेसियाको निलाई भन्ने ठाउँमा नेपाली कामदारको समस्या समाधान गर्न गएको राईको शंकास्पद मृत्यु भएको छ । शौचालयमा डोरीले पाँसो लगाएको अवस्थामा उनको शव फेला परेको छ । तर, खुट्टा भुईँमै छ, भने डोरी समेत कमजोर क्लिपमा अड्काइएको छ ।

मृतक राईको कम्पनीमार्फत ६४ जना नेपाली कामदार मलेसिया गएका थिए । मलेसियाको स्टार डोमिन रिसर्च अन्तर्गतको ग्यान्टिन हाईलर भन्ने क्लिनर कम्पनीमा काम गर्दै आएका थिए । दुई महिना अगाडि मलेसियमा पुगेका उनीहरुले आफू समस्यामा परेको भन्दै राईलाई फोन गरेपछि उनी समस्या समाधान गर्न मलेसिया गएको परिवारका एक सदस्यले बताए ।

राईलाई मलेसियामा बोलाउने शंकरप्रसाद आचार्य र महेन्द्रजंग शाहीले आफैं आएर समस्या समाधान गर्न भनेपछि उनी मलेसिका गएका थिए । उनी आफैं मलेसिया नगए श्रमिकहरुलाई नेपाल फिर्ता पठाइदिने आचार्य र शाहीले बताएका थिए । त्यसपछि राई ४ दिन अगाडि मात्रै मलेसिया पुगेका थिए । राई मलेसिया पुगेर तिनै श्रमिकहरुको क्याम्पमा बस्दै आएका थिए ।

मृतक राईको परिवारले भने आत्महत्या नभई हत्या भएको दावी गरेका छन् । आत्महत्या गर्नेले अरु सामान्य मानिसभन्दा फरक व्यवहार गर्ने भएकाले पनि राईले आत्माहत्या कुनै हालतमा गर्न नसक्ने परिवारले बताएका छन् । ‘मृतक राईको बोली, व्यवहार स्वास्थ्य मानिसको जस्तै सामान्य थियो’ मृतक राईकी श्रीमतीले भनिन्, ‘आत्माहत्या गर्ने मानिसको बोली र व्यवहार अरु सामान्य मानिसकोभन्दा फरक र अचम्मको हुन्छ । त्यसैले यो आत्माहत्या कुनै हालतमा होईन, सुनियोजित हत्या हो ।’ आचार्य र शाहीले मलेसियामा बसेर नेपाली मेनपावर व्यवसायीहरुलाई कामदारको माग गर्दै आएका थिए ।

मृतक राईलाई पनि उनीहरुले नै कामदार पठाउन माग गरेका थिए । उनको मृत्युपछि आचार्य र शाही भने सम्पर्कविहीनपछि उनीहरुलेनै सुनियोजित रुपमा राईको हत्या गरेको आरोप परिवारको छ । मृतक राईको सत्यथत्य छानविन गरी दोषिलाई कडा कारवाही गर्न परिवारले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र नेपालस्थित मलेसिया राजदुतावासमा ज्ञापन पत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार