यमनका राष्ट्रपतिद्धारा राष्ट्रसंघीय शान्ति योजना अस्वीकार

0 Shares

आदेन, १४ कात्तिक । यमनका राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले यमनको राजनीतिक व्यवस्थापनका लागि अघि सारेको शान्ति योजना अस्वीकार गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघले यमनमा बिगतका केही वर्षहरुदेखि सुरु भएको हिंसा र विद्रोहको समाधानका लागि भन्दै शान्ति योजना प्रस्तुत गरेको थियो ।

यमनका लागि राष्ट्रसंघीय विशेषदूत स्माइल अल्ड चेख अहमदले सो योजनायमनी सरकारसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

यमनमा पछिल्लो समयमा राजनीतिक संकट गहिरिँदै गएको छ । सो राजनीतिकसंकटको समाधानका लागि भन्दै उहाँले प्रस्तुत गरेको शान्ति योजनाप्रति आफ्नो समर्थन नरहेको राष्ट्रपति हादीले बताउनुभयो ।

राष्ट्रपति हादीले राष्ट्रसंघीय उक्त प्रस्तावप्रति कुनै समर्थन नरहेको जानकारी विशेषदूतलाई शनिबार नै जानकारी गराएको यमन सरकारले जनाएको छ ।

राष्ट्रपति हादीले उक्त राष्ट्रसंघीय प्रस्ताव यमनमा राजनीतिक समस्या समाधानको पक्षमा नरहेको र यसले समस्या समाधानको सट्टा झनै झगडाको बिउ रोप्ने भएकोले उक्त प्रस्तावको समर्थन गर्न नसकिने जानकारी गराएको बताउनुभएको छ ।

उहाँले यसअघिका क्रियाकलापकहरुमा पनि संयुक्त राष्ट्रसंघले यमनको शान्तिस्थापनामा कुनै सहयोग नगरेको आरोप लगाउनुभएको छ ।

अघिल्लो पटक पनि राष्ट्रसंघले यस्तै प्रस्ताव ल्याएकोमा उहाँले त्यसको विरोध गर्नुभएको थियो ।

उहाँले यो प्रतिक्रिया दिएलगत्तै यमनकै एकजना जर्नेलले पनि राष्ट्रसंघको उक्त प्रस्तावको निकै कडा शब्दमा विरोध गर्नुभएको छ ।

उहाँले उक्त प्रस्तावले यमनमा अर्काे झगडाको प्रवेश गराउने र यसले शान्ति नभए र हिंसा बढाउने बताउनुभएको छ ।

राष्ट्रसंघीय विशेष दूत शनिबार उक्त प्रस्ताव प्रस्तुत गर्न साउदी अरेबिया आउनु भएको थियो । उहाँले साउदीमार्फत नै यमनी राष्ट्रपतिलाई सो प्रस्ताव दिनुभएको हो ।

तर उहाँले प्रस्तुत गर्नासाथै राष्टपति हादीको सो कडा विरोध आएको हो ।यमनमा पछिल्लो समयमा हुथी विद्रोहीहरुको हिंसा सुरु भएको छ । सो हिंसामा परी हजारौँको ज्यान गइसकेको छ ।

यहाँको विद्रोह समाधानका लागि साउदी अरेबियाले प्रयास गरेको जनाएको छ । तर समस्याको समाधानमा कुनै प्रगति हुन सकेको छैन । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार