पर्यटक सचेतना सडकनाटक प्रदर्शन

91 Shares

काठमाडौं । ललितपुर महानगरपालिका क्षेत्रमा घुम्न आउँने पर्यटकहरुलाई सभ्य व्यवहार गरौं पर्यटक हाम्रो पाहुना हुन् भन्ने मूल सन्देश आम महानगरवासी समक्ष सम्प्रेषण गर्ने उद्देश्य अनुरुप पर्यटक सचेतना नामक सडकनाटक प्रदर्शन भएको छ । ललितपुर महानगरपालिका पर्यटन,उद्योग तथा संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत महानगरपालिका क्षेत्रको प्राचीन,ऐतिहासिक,धार्मिक,साँस्कृतिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन र भ्रमण गर्दा विशेष गरि सो सम्पदा क्षेत्र तथा स्थलमा पर्यटकहरुले प्रयोग गरेका पानीको बोतल,चकलेटका खोल,चिया पिइएका कप जस्ता फोहोर जन्य वस्तुहरु महानगरपालिकाले निर्धारण गरेको स्थान र डस्बिनमा फाल्ने साथै सम्पदा संरक्षण प्रति आम नगरवासी सचेत हुनुपर्छ । उक्त सम्पदा हाम्रो अस्तित्व हुनु,सो संरक्षण र सफा सुग्घर राख्नुपर्छ भन्ने मूल सन्देश सो सडकनाटक मार्फत आम जनमानस समक्ष उजागर नाटकले गरेको छ ।

सो पर्यटक सचेतना सडकनाटक ललितपुर महानगरपालिका २९ वडा क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्य स्थल साथै मुख्य चोकहरुमा प्रदर्शन गर्ने कार्य भइरहेको सो सडकनाटकी निर्देशक रिता थापाले बताइन् । उक्त सडकनाटक दुई हजार उनान्सी साल,चैत्र छब्बीस गते देखि दुई हजार असी साल बैशाख तीन गते सम्म महानगरक्षत्रेको प्रमुख पर्यटकीय स्थल र चोकहरुमा मञ्चन गरिने थापाले बताइन् । सो सडकनाटकको अवलोकन पश्चात बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले ललितपुर महानगरक्षेत्र प्राचीन,ऐतिहासिक,पूरातात्विक धार्मिक स्थल तथा सम्पदाले सम्पन्न महानर हो ।
यसको प्रचार प्रसार अझ सोचेको जति गर्न सकिएको छैन । सो प्रति महानगर तत्पर रहनुपर्ने बताए । सो प्रदर्शन गरिएका नाटकले वास्तविक महानगरक्षेत्रमा घुम्न आउँने वाह्य पर्यटकहरु प्रति आमनगरवासीले कस्तो व्यवहार गर्दा, वास्तविक पर्यटकहरु खुसी भई पुन घुम्न आउँने छन् भन्ने, सन्देश महानगरवासी लगायत सम्बन्धित सरोकारवाला समक्ष सचेतना उजागर गरेको गरेको बताए । सो सडकनाटकमा अभिनय गरेका कलाकारहरुको अभिनय जिवन्त रहेको बताए । सो सडकनाटकमा,जिवन थापा (क्षितिज) पासा,सुरोट बिष्ट,गाइने,समिर आचार्य र शान्ति भट्टराई वाह्य पर्यटक,सन्तोष थापा,गाइडको भूमिका निर्वाह गरेका छन् । सो सडकनाटक प्रदर्शन तथा मञ्चन कार्यका प्राविधिक र व्यवस्थापन पक्ष गौतम तण्डुकारको रहेको छ । सो सडकनाटक,कृष्ण जित राईले लेखेका हुन् । उक्त ललितपुर महानगरक्षेत्रमा पर्यटक सचेतना नामक सडकनाटक लिब्जु फिल्मस् मिडिया प्रा.लिको व्यवस्थापन प्रदर्शन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार