चितवन २ मा मतदान शुरु (फोटोफिचर)

  सगरमाथा अनलाईन
98 Shares

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय लङ्खुमा बिहान ७ बजे नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदानका लागि आम नागरिक बिहानैदेखि लाइनमा लागेका छन् । अहिले मतदानको कार्य शान्तिपूर्ण ढङ्गबाट भइरहेको छ ।

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठबीचमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । मंसिर ४ गतेको निर्वाचनबाट विजयी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ १ लाख २४ हजार ६ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् । आजै बारा–२ र तनहुँ–१ मा पनि मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार