म्याग्दी । म्याग्दीस्थित धवलागिरि हिमालमा १ जना बेपत्ता भएका छन् । साथै २ जनाको सकुशल उद्धार गरिएको छ ।
८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।
हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।
अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पु¥याएको शेरचनले बताए ।
उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । उनीहरू जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।