एमालेविरुद्ध होइन, दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस् [भिडियोसहित]

  सगरमाथा अनलाईन
126 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीबारे भइरहेको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले एमाले नेताहरुलाई फसाउन र अरुलाई उम्काउन खोजेको उनको आशंका छ । एमाले अध्यक्ष ओलीले सोमबार पार्टीसम्वद्ध राष्ट्रिय युवा संघको बैठकलाई करिव ४५ मिनेट सम्बोधन गरेका थिए । सम्बोधनको अन्तिमको करिव १५ मिनेट उनले भुटानी शरणार्थी प्रकरणबारे बोले र प्रधानमन्त्रीमाथि निरन्तर प्रश्न उठाए ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि आफू गएको, तर भेटेपछि कसैको दबावका अगाडि झुक्छु ? भन्दै आफूले दबाव दिएको जस्तो पार्न खोजेको भन्दै उनले आक्रोश पोखे ।

प्रधानमन्त्रीले हिरोइजमको ब्यापार गरेको भन्दै ओलीले भने, ‘स्टन्टबाजी गर्ने होइन छानबिन गरेर दोषीमाथि कारबाही गर्नुप¥यो । म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु, दोषीका विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन ।’

तर आफूविरुद्ध १९ पृष्ठ लामो आरोप लगाउनेलाई आफूले चिनेको भन्दै उनले अगाडि भने, ‘त्यत्रो पार्टीमाथि प्रहार गर्नेहरुले अहिले फेरि विभिन्न खालका दाउ गर्दैनन् भन्न सकिँदैन । त्यसो हो भने मुकाबिला हुनेछ, म त्यो कुरा भनिदिन चाहन्छु ।’

ओलीले कसैको नाम नलिई केही मान्छेहरुलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गरे । ‘कसैलाई कहाँबाट अवकाश दिने र त्यस ठाउँमा कसलाई नियुक्त गर्नेसम्मका षड्यन्त्र हामी पनि अलिअलि सुन्छौं, हाम्रा पनि दुईटा कान छन्’, उनले भने, ‘त्यस खालका षड्यन्त्रहरु नगर्न म सरकारलाई सुझाव दिन चाहन्छु, चेतावनी दिन चाहन्छु ।’

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

https://youtu.be/XHNrEUqBoM4

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार