आज अर्थमन्त्रीले सांसदहरूलाई प्रि बजेटबारे जवाफ दिने

  सगरमाथा अनलाईन
77 Shares

काठमाडौं । आज प्रि बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिँदैछन् ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

गत वैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सांसदहरुले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन् ।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।

गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो । शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरू यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार