बाहिङ किरात मुलुखिमको अध्यक्षमा भुपराज बाहिङ

  सगरमाथा अनलाईन
749 Shares

काठमाडौं । बाहिङ किरात मुलुखिमको केन्द्रीय अध्यक्षमा भुपराज बाहिङ निर्वाचित भएका छन् । संस्थाको छैठौं केन्द्रीय सम्मेलनले बाहिङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अध्यक्ष बाहिङको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरिएको छ । त्यसैगरी उपाध्यक्षमा मुगा बाहिङ, चुमबहादुर बाहिङ र ठाकुरकुमार बाहिङ निर्वाचित भएका छन् । मुलुखिमको महासचिवमा धिरेन सुस्तोचा बाहिङ निर्वाचित भएका छन् । त्यस्तै सचिवमा बुद्धवीर सेचोचा बाहिङ, कोषाध्यक्षमा कृष्णबहादुर बाहिङ र सहकोषाध्यक्षमा खड्ककुमारी बाहिङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा शुभला बाहिङ, धनकुमारी बाहिङ, भक्त बाहिङ, किरण बाहिङ, तिलक बाहिङ किरात, देशलक्षी बाहिङ, सुस्मिता बाहिङ, राजकुमार बाहिङ, शुसन बाहिङ, विराज बाहिङ, चन्द्रमणी बाहिङ, विनु बाहिङ, विद्याकला बाहिङ, दिवान बाहिङ र रामबहादुर बाहिङ निर्वाचित भएका छन् ।

बाहिङ किरात मुलुखिम वि.सं. २०६१ सालमा स्थापना गरिएको थियो । मुलुखिमको सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सुनसरी, ईलाम, संखुवासभा लगायतका जिल्लामा जिल्ला शाखा रहेको छ । त्यसैगरी बेलायत, दक्षिण कोरियामा विदेश शाखा रहेको छ । विभिन्न जिल्लाका स्थानीय तहमा द्याल कार्यसमिति समेत गठन गरि बाहिङ भाषा, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै आइरहेको महासचिव धिरेन सुस्तोचा बाहिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार