काठमाडौं । बाहिङ किरात मुलुखिमको प्रकाशनमा बाहिङ-नेपाली-अंग्रेजी शब्दकोश विमोचन गरिएको छ । बाहिङ किरात मुलुखिमको छैठौं राष्ट्रिय सम्मेलनको अवसर पारेर प्रमुख अतिथि सँस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किरातीले बाहिङ शब्दकोशको विमोचन गरेका हुन् ।
शब्दकोशमा बाहिङ नेपाली अंग्रेजी गरी ३ वटा भाषा समावेश गरिएको छ । बाहिङ शब्दकोश विश्वव्यापी मान्यताका आधारमा प्रकाशन गरिएको बाहिङ किरात मुलुखिमका महासचिव धिरेन सुस्तोचा बाहिङले बताए ।
बाहिङ शब्दकोशमा ४६८ पेज रहेको छ । शब्दकोशमा ७० हजारभन्दा बढि बाहिङ शब्दहरु रहेको समेत महासचिव बाहिङले बताए ।