काठमाडौँ । काठमाडौँ प्रहरी परिसरले २० वैशाखमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने समयमा टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा भाषण गरिरहेका थिए । कायक्रममै रहेको समयमा उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएको सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि उनले आफैं प्रहरीमा आउने सन्देश दिएका थिए । त्यसपछि कार्यक्रम सकेर रायमाझी संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं आउन अर्घाखाँचीबाट हिँडे ।
रुपन्देहीसम्म घिमिरेसँगै उनी आए । तर, उनी सभामुख घिमिरेसँग काठमाडौं आएनन् । प्रहरीलाई सहयोग गर्ने बताएका उनले काठमाडौं त आएनन् नै मोबाइल नै अफ गरे फरार भए । मोबाइल अफ गरेर उनी कहाँ गए भन्नेसमेत प्रहरीले पत्तो पाएन ।
काठमाडौं नआएर रायमाझी एक पूर्व सचिवालय सदस्यसहित पोखरा गए । त्यहाँ उनले सेल्टर खडा गरे । त्यसपछि उनले पोखरा पु¥याउने मान्छेलाई फोन दिएर भारत पठाए । प्रहरीले टोपबहादुर पनि भारत पुगेको ठान्यो । त्यही अनुसार प्रहरी टोली भारत हानियो । उता भारतीय प्रहरीको सहयोगमा ती व्यक्तिलाई नेपाल प्रहरीले समात्यो । तर, टोपबहादुर पक्राउ फेला परेनन् । ती व्यक्तिलाई पक्राउ गरेपछि थाहा भयो टोपबहादुर पोखरामा भएको कुरा ।
त्यसपछि प्रहरी विषेश ब्यूरोको टोली पोखरा हानियो । प्रहरी पोखरा पुग्नुअघि उनी शनिबार (हिजो) राति पोखराबाट काठमाडौं छिरे छन् । त्यसपछि प्रहरीले पोखरामा राख्ने व्यक्तिको पिछा ग¥यो ।
ती व्यक्तिले टोपबहादुरलाई काठमाडौं छाडेर फेरि पोखरा हानिएछन् । उनलाई नियन्त्रणमा लिएपछि बल्ल प्रहरी टोपबहादुरसम्म पुग्यो । र, आइतबार साँझ मात्र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको पासिकोटबाट एक घरबाट पक्राउ गरेको हो ।