सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ ।
राष्ट्रपति शीतलनिवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शीतलनिवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस
https://youtu.be/lkKPZUh5McM