प्रतिनिधिसभा बैठकः आजबाट बजेटमाथि छलफल सुरु हुँदै

  सगरमाथा अनलाईन
63 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजबाट वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार